images
images
  • बागमती नदीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा ७५ वर्षीय वृद्धा महिलाको मृत्यु

    रौतहट– बागमती नदीमा दाउरा टिप्ने क्रममा एक वृद्धा महिलाको मृत्यु भएको छ भने अर्का एक वृद्ध सशस्त्र प्रहरीले उद्धार गरेको छ।

    माधवनारायण नगरपालिका–८ की ७५ वर्षीया पन्मा देवी राय आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ बागमती नदीमा दाउरा टिप्ने क्रममा डुबेर मृत्यु भएकी हुन्। घटनास्थलबाट स्थानीय र प्रहरीले उनको शव निकालेको छ।

    यस्तै, गढीमाई नगरपालिका–५ का ६५ वर्षिय बिगन राय यादवलाई पनि नदीले बगाएको थियो। उनलाई सशस्त्र प्रहरी बल सन्तपुरले उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images