images
images
  • १६ हस्पिटलमा जेनजी क्लिनिक स्थापना, घाइतेलाई परिचयपत्र

    काठमाडौं– जेनजी युवा आन्दोलनका घाइतेहरुलाई उपचार सहज बनाउन गृह मन्त्रालयले परिचयपत्र वितरण सुरु गरेको छ ।

    आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा घाइतेहरुलाई परिचयपत्र बाँडे ।

    सोमबारदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र वितरण हुने परिपत्र जारी भएको छ ।

    मन्त्रालयले ‘जेनजी क्लिनिक’ स्थापना गरी घाइतेको फलोअप उपचार व्यवस्थित बनाएको छ ।

    काठमाडौं उपत्यका सहित देशभर १६ अस्पतालमा क्लिनिक खुलेका छन् र अस्पतालसम्म नि:शुल्क आउ-जाउको व्यवस्था पनि गरिएको छ ।

    उपचारमा संलग्न डाक्टरहरुको संयोजकत्वमा कार्यदल बनेको छ र स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सुविधा पनि उपलब्ध गराउनेछ ।

    काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेनजी क्लिनिक छन् ।

    अन्य प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा क्लिनिक स्थापना गरिएको छ ।

    GENZ Clinic Contact Numbers

    प्रतिक्रिया दिनुहोस्
    images
    images