images
images
  • गाजामा भोकले तड्पिएका नागरिकमाथि इजरायलले दाग्यो गोली

    काठमाडौँ: वर्षा शुरु भएसँगै भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ। अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

    अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ। तीमध्ये पाँच जना विषालु सर्पले डसेका थिए । यस्तै असार महिनामा १२६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये ९ जना विषालु सर्पले डसेका बिरामी थिए।

    यो अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन्। अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गर्ने गरेको उनले बताए।

    विशालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले टोक्छ। करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पुर्‍याउँछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्छ।

    विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा र अन्यलाई आकस्मिक कक्षमानै राखेर उपचार गरिँदै आएको छ। यो अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको मियाँको दाबी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images