images
images
  • मुख्यमन्त्रीको अर्घेल्याइँले सुदूरपश्चिम सरकारले गुमायो दुईतिहाइ बहुमत, च्याँखे थाप्दै माओवादी

    काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेका छन् ।

    खप्तड क्षेत्र पर्यटन विकास समितिमा एकलौटी नियुक्ति गरेका चौधरीलाई मुख्यमन्त्रीले राजीनामा दिन भनेका थिए । तर, चौधरीले गल्ती नगरेको भन्दै राजीनामा अस्वीकार गर्दै बर्खास्त गर्न चुनौती दिएका थिए ।

    पार्टी संरक्षक रेशम चौधरीको समर्थनमा अडिग रहेका मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपाले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहले दुईतिहाइ बहुमत गुमाएका छन् । तर, कांग्रेस र एमालेको समर्थनका कारण बहुमत कायमै छ ।

    मुख्यमन्त्री शाहले भने नाउपालाई सरकारबाट हटाउने मनसाय नभएको र फेरि पनि उनीहरू सरकारमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने मुख्यमन्त्री शाहको अर्घेल्याइँले आफ्नो पार्टीको मन्त्रीलाई बिना कारण बर्खास्त गरेको आरोप लगाएकी छन् ।

    नाउपा सरकारबाट बाहिरिसँगै विपक्षी नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने वा नजाने भन्नेबारे केन्द्रसँग छलफलका लागि सर्कलर गर्ने स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images