
काठमाडौं– प्रदेशमा सत्ता समीकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको प्रदेश संसदीय दलले बिहीबार दिउँसो १२ बजे बैठक बसेर सरकारसँगको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनअनुसार समर्थन फिर्ता लिएको जानकारी दिए ।
पार्टीको यो निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारको बहुमतको स्थितिमा असर पर्न सक्ने अनुमान गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा सत्ता समीकरणमा निर्णायक हैसियतमा रहँदै आएको थियो ।
यसअघि केही समयदेखि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट देखिँदै आएको थियो ।
पार्टीका नेतृ रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रदेखि प्रदेशसम्म आफ्ना मागहरू बेवास्ता गरिएको गुनासो गर्दै आएकी थिइन् ।
सरकारबाट समर्थन फिर्ता लिएसँगै अब सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे चर्चा सुरु हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्