काठमाडौँ : इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको राजधानी नयाँदिल्ली हुँदै काठमाडौँका लागि प्रस्थान गरेका छन्।
नेपाल सरकारको अनुरोधमा भारतले आफ्ना नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गरेको हो।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलवार दिउँसो नयाँदिल्ली आइपुगेका थिए। उनीहरूलाई दूतावास र भारतीय विदेश मन्त्रालयले विमानस्थलमा रिसिभ गरेका थिए।
दूतावासका अनुसार दुवै जना काठमाडौँका लागि उडिसकेका छन्। दुवै जना बुटवलका रहेको पनि दूतावासको भनाइ छ।
इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकामा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो।
प्रतिक्रिया दिनुहोस्























