काठमाडौं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।
जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार संबिधानको धारा १६९-२ (क) बमोजिम मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।
जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।
उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्

प्रतिक्रिया दिनुहोस्























