images
images
  • अनेरास्ववियुको मतदान समय सर्यो, ८ बजेपछि मात्रै सुरु हुने

    काठमाडौं – अनेरासस्ववियुको महाधिवेशनमा मतदान कार्यतालिकामा हेरफेर भएको छ।

    बुधबार बिहान १० बजेदेखि मतदान गर्ने भनिए पनि बेलुकी ८ बजेपछि मात्रै मतदान सुरू हुने गरी कार्यतालिका संशोधन भएको अध्यक्ष मण्डलले जनाएको छ।

    कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारहरूको नामावली प्रकाशन र रूजुका कार्य भइरहेको छ।

    अनेरास्ववियुमा यसपालिदेखि ३२ वर्षे उमेर हद लागू गरिएकोले उम्मेदवारहरूको कागजात भिडाएर रूजु गर्ने काम भइरहेको अध्यक्ष मण्डलले जनाएको छ।

    महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

    505105563 10045228715553172 6698137358762730678 n 1749639197

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images