images
images
  • नेपाल-खनाल समूहको स्थायी समिति बैठक आज बस्दै, संस्थागत धारणा सार्वजनिक गर्ने

    काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी समिति बैठक आज बस्दैछ । महाधिवेशन आयोजक कमिटी भंग गरेको संस्थापन पक्षले शुक्रबार २०७४ जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक डाके भनेपछि यसबारे संस्थागत धारणा तय गर्न नेपाल(खनाल समूहको बैठक बस्न लागेको हो ।

    स्थायी समिति सदस्य युवराज ज्ञवालीका अनुसार अध्यक्ष केपी ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ को फागुन २८ कै अवस्थासम्म पुर्‍याएका छन् ।

    अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल(खनाल समूहमा असन्तुष्टि छ ।

    ज्ञवालीका अनुसार अवैध कमिटीबाट सदस्य थपेर पार्टी संरचना फागुन २८ कै परिस्थितिमा पुर्‍याएकाले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा जाने सम्भावना छैन । तथापि यसबारे आजको स्थायी कमिटी बैठकमार्फत अपराह्नसम्म संस्थागत धारणा सार्वजनिक गरिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images