images
images
  • त्रिवि क्रिकेट मैदानका लागि ४० करोडको बजेट

    काठमाडौं – सरकारले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन गरेको छ।

    बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले त्रिवि रंगशाला स्तरोन्नतिको लागि ४० करोड बजेट छुट्याएको बताएका छन् ।

    स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो।

    चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images