images
images
  • विदेशी विद्यार्थीलाई अध्ययन अवधिभर निःशुल्क भिसा दिने सरकारको घोषणा

    काठमाडौं – विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताए ।

    शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसाको व्यवस्था गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images