images
images
  • अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेस : आर्थिक वृद्धि ४.६१५, अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो

    काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन्। उनले यो वर्ष नेपालको अर्थिक वृद्धिदर ४।६१ प्रतिशत पुग्ने प्रक्षेपण प्रस्तुत गरे।

    पौडेलका अनुसार मधेश, कोशी र सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहनेछ। देशको अर्थतन्त्रको कुल आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

    कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको छ भने मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ।

    सार्वजनिक ऋण फागुन २०८१ सम्ममा २६ खर्ब ७६ अर्ब पुगेको जानकारी दिँदै अर्थमन्त्रीले वित्तीय पहुँच सुधारिएको उल्लेख गरे। उनका अनुसार सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ, जसले आर्थिक समावेशीतामा सहयोग पुर्‍याएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images