images
images
  • राष्ट्रिय युवा संघको रोपाइँ महोत्सवमा कलाकार दिपादेखी एमाले नेता प्रदीप ज्ञवालीसम्म हिलो छ्यापाछ्याप (तस्बिरसहित)

    काठमाडौं-नेपाली कृषकहरुका लागीे मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ ।आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो । रोपाइँ महोत्सवमा कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो । एमाले प्रवक्ता प्रदीप ज्ञवाली र महेश बस्नेतलगायतको सहभागिता रहेको थियो ।

    ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस आयोजनामा गरेको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा मनाइएको यस पटकको धान दिवसका लागि कृषि विभागले आवश्यक प्रोटोकल समेत जारी गरेको थियो ।

    अहिले प्रधानमन्त्री फर्ने मात्रै होइन, सबै उपलब्धी सिध्याउने खेल भइरहेको छ, त्यो चक्रव्यूहलाई चिरेर अगाडि बढ्छौँ: प्रदीप ज्ञवाली

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको बताए ।

    उनसार १५ राष्ट्रिय धान दिवसको अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाई विशेष कार्यक्रममा बोल्दै उहाँले यो खेल वर्तमान् प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रमा सिमिति नभएको दाबी गर्नुभयो ।

    एमाले स्थायी समिति सदस्यसमेत रहनुभएका ज्ञवालीले भनेो, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाई मात्रै हो भन्ने बुझ्नु हुदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षडयन्त्र पनि हो, सरकार बिरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्छौँ ।”

    जब जब एमाले विकासको लहर लिएर आउँछ तब तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षडयन्त्र हुने गर्छ भन्दै उहाँले एमालेलाई सिध्याउने २०५० सालदेखिको षडयन्त्र असफल हुदै आएको बताए ।

    “एमाले जुर्मुराएको बेलामा २०५० सालमा मदन भण्डारीको हत्या भयो, अब एमाले सिधियो भन्ठानेका थिए, तर एमाले धूलो टकटक्याएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौ दाउँपेच भयो, अब एमाले ढल्यो भन्नेहरुका अगाडि एमाले फेरी ब्यूझिँएर अगाडि बढ्यो,” नेता ज्ञवालीले भने,“२०५४ सालमा एमाले फुट्यो, अब त सधैका लागि एमाले सिध्धियो भन्थे, फेरी शसक्त भएर आयो, ज्ञानेन्द्र शाह र माओवादीले विगविगी हुँदा एमाले यता न उता कता हो कता भन्थे तर स्पष्ट रुपमा शसक्त भएर आयो, अहिले फेरी चक्रव्यूहमा पारेर एमाले सिध्याउन खोज्दैछन् तर सबै चक्रव्यूह तोडेर एमाले फेरी अगाडि बढ्छ, युवा अगाडि बढ्छ ।”

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा विकास र समृद्धिको नयाँ उचाइमा पु¥याएको बताउदै उहाँले सरकारले गरेका सबै उपलब्धीलाई सिध्याउने खेल मुलुककै लागि घातक भएको उनको भनाइ छ । कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था थिए भन्दै उहाँले भन्नुभयो, “आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दाको मागे डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेकि भनेर डराउथे, त्यस्तो एउटा डरलाग्दो हिंसाको अवस्थालाइ शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भुभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्रनीतिलाई सुधार गर्दै लगियो, समृद्ध नेपाल सुखी नेपालीको अभियान अगाडि बढ्यो, सरकारका यस्ता उपलब्धीलाई सिध्याउने षडयन्त्र अहिले भइरहेको छ ।”

    संविधान बनाउँदा भएको हस्तक्षेपको, नाकाबन्दीको सामना गर्दै, जातजाती, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उहाँले अब युवा अगाडि बढ्नु पर्ने औल्याए ।सरकारले बिभिन्न ठूला सिंचाई आयोजनाहरु सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रबिधि युक्त बनाउदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उहाँले देशलाई कृषिमा आत्मानिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अबस्थामा पुर्याउन लागिरहेको बताए ।

    कार्यक्रममा युवा संघका इन्चार्ज, पूर्वमन्त्री एवं निवर्तमान् सांसद महेश बस्नेतले सरकारले देशको व्यापार घाँटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको चर्चा गर्नुभयो । विद्यार्थीलाई शैक्षिक, महिला, दलित, जनजातीलाई उद्यमी, विदेशबाट आउनेलाई उद्योगमा लगाउन सहुलियत ऋण सरकारले उपलब्ध गराउदै आएको भन्दै उहाँले भूकम्प पछि टनेलखेतीदेखि कौशी खेतीसम्म गर्नेलाई अनुदान दिएर सरकारले कृषिमा आत्मनिर्भर बनाउदै लगेको भनाइ राखे ।

    अहिले आयतमा ५ प्रतिशत घटेको र निर्यातमा ३५ प्रतिशत बढेको दाबी गर्दै उहाँले उत्पादनलाई उद्योगसंग जोड्दै युवाको मागलाई सरकारले सम्बोधन गर्दै लगेको बताउनुभयो । प्रधानमन्त्री ओली राष्ट्रनायक हुन् भन्दै उनले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

    कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन बृद्धिमा युवा लागेको चर्चा गरे । संघका महासचिव रमेश आचार्य, संघका भक्तपुर अध्यक्ष राजु लुबञ्जारलगायतले युवा संघको भूमिकाकाबारेमा चर्चा गरे ।

    कलकारको धान रोपाईँ नाटकमै सिमित

    कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो तर नाम चलेका अधिकांश कलाकारले धान पारेको नाटक गर्दै फोटो खिचेर फर्किए ।

    धान दिवसको अवसरमा रोपाई कार्यक्रममा सहभागि हुन आइपुगेको अभिनेत्रीद्धय दीपाश्री निरौला र स्वस्तिमा खड्काले धान रोपेको नाटकै गरेर फर्किए । फेसन डिजाइनर सुरविन बान्तवा र स्वस्तिमासँग दीपाश्रीले खेतको हिलोमा पसेर केही गाँबो धान रोपेर तस्विर लिदैँ फर्किए पछि कार्यक्रममा आएका स्थानीयले नाटकै गरेर फर्किए भन्दै टिप्पणी गर्दै थिए ।

    इन्द्रणी साँस्कृतिक संघको समूहले भने धान रोपाईमा केही रोपाईमा रमाइलो गरेर फर्कियो । इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कडेँलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले भने गीत गाउदै रमाउदै धान रोपाईमा सहभागिता जनाएको थिए ।

    राष्ट्रिय युवा संघ नेपालको भक्तपुरको रोपाइँ महोत्सवमा देखिएका तस्बिरहरु हेर्नुहोस्ः

    dhan ropai 8
    dhan ropai 10
    dhan ropai 4
    dhan ropai 1
    dhan ropai 3
    dhan ropai 5
    dhan ropai 8 1
    dhan ropai 9
    dhan ropai 6
    dhan ropai 7
    dhan ropai 11
    dhan ropai 10 1
    FB IMG 1624978994753
    FB IMG 1624978990435
    FB IMG 1624965783249
    5660e17d 2fe3 40cf 98ad 0d507dc92791
    FB IMG 1624981995303
    FB IMG 1624982063589
    FB IMG 1624982036999
    FB IMG 1624982030296
    FB IMG 1624982013017
    FB IMG 1624965744951
    FB IMG 1624982081211
    FB IMG 1624982036999 1

    प्रतिक्रिया दिनुहोस्

    images
    images