images
images
  • पर्सामा चट्याङ्ग लागेर ३ जनाको मृत्यु, एक घाइते

    वीरगन्ज । मंगलवार विहान चट्याङबाट पर्सामा ३ जनाको म्रोत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं।४ देवरबानाका ५५ वर्षीय रघुबिर यादवको पटेर्वासुगौली गाउँपालिका वडा नं।४ पथरैयामा भैंसी चराउन गएको बेलामा चट्याङ्ग लागेर यादवको मृत्यु भएको हो ।

    त्यसैगरी पटेर्वासुगौली गाउँपालिका वडा नं।१ गदियानीका २७ वर्षिय रोसलान गद्धी र जिराभवानी गाउँपालिका वडा नं।३ जीतपुर बस्ने ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    मंगलवार नैं चट्याङ्ग लागेर पटेर्वासुगौली गाउँपालिका वडा नं।१ निवासी राजबली गद्दी भने घाइते भएको छन् । उनलाई हाल उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images