प्युठान। प्युठानमा आगलागीमा परेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।
मंगलबार बिहान करिब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए। घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्