काठमाडौं । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रदेश सभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । उनको आजै साँझ ५ः०० बजे शपथ कार्यक्रम तय भएको छ ।
नाउपा संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि सिफारिस गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई सिफारिससहित निर्देशनात्मक पत्र पठाएकी थिइन् ।
तर, संसदीय दलको बैठकले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन छ ।
आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्