images
images
  • एक घण्टा देशभर गयो बिजुली

    काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको भारतखण्डमा समस्या आउँदा १ घण्टा अवरुद्ध भएको जनाएको छ । प्रणालीमा समस्या आएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारप्रेषण केन्द्र पुगेका छन् ।

    उनले गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई समेत तत्काल समस्या समाान गर्न निर्देशन समेत दिए । शाक्यले प्राविधिक समस्या भएकाले लोडसेडिङमा नजोड्न समेत आग्रह गरेका छन् ।

    ‘प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ढल्केबर गृड महासाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिइ समस्या समाधानका लागि अग्रसरता लिनु भएको छ, यो बिसुद्ध प्राबिधिक समस्या हो त्यसैले यसलाइ लोडसेडिङसँग जोड्ने कुरा गलत हो,’ सचिवालयले भनेको छ, ‘समस्या समाधान पश्चात् हाल लाइन सुचारु भएको छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images