images
images
  • उपत्यकामा फेरी एक साता निषेधाज्ञा लम्ब्याइने, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ ।

    स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज जिर्णय हुने बताइएको छ । उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ ।

    अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । निजी सवारी साधन तथा ट्यासीमा जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

    सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।

    विज्ञहरुले कोरोना संक्रमणको त्रास कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार नगर्न सुझाव दिएका छन् । उपत्यकामा बजार मात्रै खोल्दा पनि संक्रमणको अवस्था जटिल बन्नसक्ने उनीहरुको चेतावनी छ ।अहिले उपत्यकामा नीजि सवारीलाई जोर–बिजोर नियम लागू गरिएको छ। यस्तै बार अनुसार पसल खोल्न दिइएको छ। उपत्यकामा राइडर सेवा पनि सुचारु गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images