images
images
  • नेपाल आइपुगे भारतका विद्युतमन्त्री खट्टर

    काठमाडौं : भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरे।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । २०८१ माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images