images
images
  • नारायणीमा बेपत्ता २ जना बालकको शव भेटियो

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

    साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये एकजनाको शव बुधबार भेटिएको थियो भने अर्का एकजनाको आज भेटिएको हो।

    मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालीले बताए। मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो।

    पाँचजना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुईजना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। मृतक बालकहरु दाजुभाइका छोराहरू भएको प्रहरीले जनाएको छ।

    दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images