images
images
  • नेपाल–चीन क्षेत्रका सीमा स्तम्भ जोगाउदै सेना: हिमाल पुरिएका सीमा स्तम्भको सफाइ र रङराेगन(तस्बिरसहित)

    • images
    • २३ चैत्र २०७७

    दोलखा । नेपाली सेनाले नेपाल–चीन सीमानाकाका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको छ ।

    दोलखाको विगु गाउँपालिका– १ लाप्चे आसपासको ९० किलोमिटर भुभागमा भने सात वटा सिमा स्तम्भहरु छन् । २०१९ साल र २०६३ सालमा बनेका यी स्तम्भहरुको दोलखा जिल्लामा तैनाथ नेपाली सेनाको तारादल गणको एक टोलीले अवस्था अवलोकन गरेका छन् ।

    सो क्रममा झाडी बुट्यानले छोपिएको स्तम्भहरु सफा गर्नुका साथै अक्षर र नम्बर मेटिएका पिलरहरुमा रङ्गले लेख्ने काम गरेका छन् । अपरेशन हिमाल दर्शनको दौरानमा खटिएका सेनाका ३० जनाको टोलिले सो काम गरेको तारादल गण दोलखाका गणपति प्रमुख सेनानी अनिल केसीले जानकारी दिए ।

    boder

    २०७७ साल चैत्र २ गतेदेखि २१ गतेसम्म सो कार्य गरेको बताए ।उनले भने ‘दोलखा जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा ९नेपाल–चीन० ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेका छौँ ।’

    उक्त टोलीले सीमा स्तम्भको अक्षांश र देशान्तर संकलन गरेर ल्याएका छन् । यसले स्तम्भ पहिलाको अवस्थामा छ, छैन भन्ने कुरा यसअघिको रेकर्ड हेरेर थाहा पाउन सकिन्छ । लाप्चे लगायत आसपासका क्षेत्रमा ५५ देखि ६१ नम्बर सम्मको सात वटा सीमा स्तम्भहरु छन् । ती स्तम्भहरु मध्ये ५५ र ६० नम्बरको सीमा स्तम्भ भत्किएको अवस्थामा छ ।

    लाप्चे खोला माथिको बायाँ तर्फ अवस्थित ५५ नम्बरको स्तम्भ पहिरोले पुरिएको अवस्था रहेको बताउदै प्रमुख सेनानी केसीले भने हामीले त्यसलाई चलाएनौं, अन्य सीमा स्तम्भको भने सरसफाइ देखि रङ्ग रोगन गर्यौ ।

    boder1

    ‘जुमखोला माथिको बायाँ र्फ रहेको ६० नम्बरको पिलर पनि माथिबाट आएको पहिरोले पुरिएको अवस्थामा छ ।’ उनले भने, ‘सो स्थानमा चीन तर्फबाट ढुङ्गामा नम्बर लेखेर मार्किङ गर्नुका साथै चीनको झण्डा गाडिएको अवस्थामा रहेको छ ।’ हिमाली जिल्लाहरुको खाली जमिनको स्थिति, सिमा इलाकाको अवस्था र स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिनका लागि प्रत्येक वर्ष नेपाली सेनाले हिमाल दर्शन अपरेसन सञ्चालन गर्दै आएको छ ।

    दोलखा काठमाडौंबाट नजिकैको हिमाली जिल्ला हो । दक्षिणमा रामेछाप, पश्चिममा सिन्धुपाल्चोक रहेको यस जिल्लाको पूर्व र उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको छ । चीन र नेपाल सीमा छुट्याउन कतिपय ठाउँमा हिमाल र नदीको सहायता लिइएको छ भने अन्य ठाउँमा सीमा स्तम्भहरू निर्माण गरिएको छ ।

    सेनाले चैत २ गतेदेखि २१ गतेसम्म सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नंम्बरहरुमा रंग लगाउने कार्य गरेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images