images
images
  • मध्यरातमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

    विराटनगर । झापाको दमकमा मध्यराती एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । मनमोहन सामुदायिक अस्पताल विर्तामोडबाट विराटनगर विरामी लिएर जाँदै गरेको प्रदेश १-०१००२ च ०११५ नम्बरको एम्बुलेन्स राती करिव २ बजेतिर दुर्घटनामा परेको हो।

    दुर्घटनामा अर्जुनधारा नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २० का विशाल लिम्बु, १९ वर्षीय आरजु राई, ५१ वर्षीय मिना लिम्बु, २१ वर्षीय अन्जेश लिम्बु र २३ वर्षीय वर्षा लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    एम्बुलेन्स चालक, विर्तामोड नगरपालिका ५ का वर्षीय कमल अधिकारी समेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । रातीको समय भएकोले द्रुत गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर डिभाईडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरु सबैलाई विर्तामोडस्थित बिएण्डसी टिचिङ अस्पताल लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images