images
images
  • हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिए महर्जन

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि मंगलबार शिवपुरी जंगलमा मृत भेटिएका छन् ।

    उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित शिवपुरी जंगलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले राससलाई जानकारी दिए ।

    उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए । मृत्युको कारण भने खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images