images
images
  • राफिन्हा निर्णायक बन्दा १० खेलाडीमा समेटिएको बार्सिलोनाको जित

    काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाको निर्णायक गोलप्रेरित बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बेन्फिकाविरुद्ध उसैको मैदानमा १–० को जित निकालेको छ ।

    बुधबार राति पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा स्पेनिस टोली पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । २२औँ मिनेटमा बेन्फिकाका पाभ्लिदिसलाई पेनाल्टी बक्सभन्दा बाहिर खराब ट्याकल गरेपछि बार्सिलोनाका रक्षक पाउ कुबार्सीले सोझै रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए ।

    पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि दोस्रो हाफमा राफिन्हा निर्णायक बने । उनले ६१औँ मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट सुन्दर गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए ।

    घरेलु टिमका रक्षक एन्टोनियो सिल्भाबाट भएको गल्तीको फाइदा उठाउँदै राफिन्हाले बललाई बटम कर्नर जाली चुमाएका हुन् ।

    त्यसअघि खेलको ३५औँ मिनेटमा घरेलु टिमका समर्थकले आतिसबाजी देखाउँदै रेफ्रीले सुरक्षाको कारण देखाउँदै खेल करिब एक मिनेट रोकेका थिए ।

    यो जितसँगै बार्सिलोनाले प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । यी दुई टिमबीचको दोस्रो लेग मार्च ११ मा बार्सिलोनाको मैदानमा हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images