images
images
  • जंगी अड्डामा सुरु भयो ‘अभ्यास हातेमालो’

    काठमाडौं : विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली सेनाको अगुवाइमा ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु भएको छ।

    तीन दिने केन्द्रीय स्तरीय एकीकृत अभ्यासको उद्घाटन जङ्गी अड्डामा आइतबार गरिएको छ। विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा सञ्चालन भइरहेको यो अभ्यास पहिलो पटक २०७५ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ।

    यस अभ्यासको मुख्य उद्देश्य विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमताको अभिवृद्धि, तथा सरोकारवाला निकायहरूबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु रहेको छ।

    अभ्यासको उद्घाटन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीले गरेका हुन्। उद्घाटन समारोहमा नेपाली सेनाका रथी, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, रेडक्रस तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको उपस्थिति थियो।

    विपद् व्यवस्थापनको प्रभावकारिता बढाउन यो अभ्यास महत्त्वपूर्ण मानिन्छ, जसले विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाका रणनीतिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images