images
images
  • टेलिकमले माग्यो ६९ कर्मचारी, उपप्रबन्धकदेखि टेक्निसियनसम्मका लागि अवसर

    काठमाडौं- नेपाल टेलिकमले उपप्रबन्धकदेखि टेक्निसियनसम्मका लागि ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

    शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै टेलिकमले दरखास्त आह्वान गरेको हो। जस अनुसार ३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायक लगायत विभिन्न रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।

    प्रकाशित सूचना अनुसार इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ सम्म दरखास्त दिन सक्नेछन्।

    NTC scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images