images
images
  • एक खेलअगावै नेपाल फाइनलमा, म्यानमारसँग भिड्ने

    काठमाडौँ- घरेलु टोली नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनलमा भिड्ने भएका छन्। बिहीबार लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले लेबनानविरुद्ध गोल गरेकी थिइन्।

    दुई खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेका हुन्। आज (बिहीबार)को पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५(० ले पराजित भएको थियो।

    फाइनलमा पुगेका नेपाल र म्यानमारबीचको खेल फेब्रुअरी २३ मा हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

    सोही दिन दिउँसो २ बजे कीर्गिस्तान र लेबनान पनि भिड्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images