लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा एस्टोन भिल्लासँग बराबरी गरेको छ।
एस्टोन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोलीसँग २–२ को बराबरी गर्दै अंक बाँडेको हो।
लिभरपुलको बराबरीेसँगै दोस्रो स्थानमा रहेको आर्सनलको उपाधि सम्भावनाको आशालाई समेत जगाएको छ।
खेलको २९औँ मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ३८औँ मिनेटमा योरी टाइलेमेन्सको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा ओली वाटकिन्सको गोलमा एस्टोन भिल्लाले खेलमा २–१ को अग्रता बनायो।
तर दोस्रो हाफमा ट्रेन्ट अलेक्जेन्डरको गोलमा लिभरपुल बराबरीको अवस्थामा आएको थियो।
बराबरीसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ८ अंकको अग्रता कायम राखेको छ। लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ।
बराबरीसँगै ३९ अंक भएको एस्टोन भिल्ला नवौँ स्थानमा छ। शीर्ष चारमा उक्लन भिल्लालाई अब पाँच अंकको आवश्यक छ। यद्यपि अन्य टोलीको खेलको नतिजा भने भिल्लाको अनुकूल आउनुपर्नेछ।


विश्व खबर 


















