आइसीसी च्याम्पियन ट्रफिको सुरुवात आजबाट हुँदैछ। पाकिस्तानमा २९ वर्षपछि कुनैपनि आइसीसी प्रतियोगिताको आयोजना हुन लागेको हो। यसअघि १९९६ मा अन्तिम पटक एकदिवसीय विश्वकपको आयोजना भएको थियो। करिब त्यसको २९ वर्षपछि आइसीसी च्याम्पियन्स ट्रफीको आयोजना हुन लागेको हो।
उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड आज दिउँसो २:४५ मा कँराचिमा हुने छ। च्याम्पियन्स ट्रफिमा भारतले भने आफ्ना सबै खेल युएईमा खेल्ने छ।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता १९ दिन चल्दा १५ खेल हुने छन्।
८ टिमलाई ४-४ वटाको दुई समूहमा विभाजना गरिएको छ। समूहचरणमा एक टिमले ३ खेल खेल्ने छ। समूहको शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन्।
प्रतियोगितामा २ मार्च सम्ममा समूहचरणका १२ खेल हुने छन्। ४ मार्चमा पहिलो र ५ मार्चमा दोस्रो सेमिफाइलन खेल हुँदा प्रतियोगिताको फाइनल ९ मार्चमा हुनेछ। प्रतियोगिता पाकिस्तानका ३ र युएइको एक भेन्युमा हुनेछ। समूहचरणका खेलहरु कराची, लाहोर र रावलपिन्डी तथा दुबईमा हुनेछ। सेमिफाइनल र फाइनलको लागि रिजर्व डे राखिएको छ।
प्रतियोगितामा सबै टिमले कुल ९६ करोड बराबरको रकम प्राप्त गर्ने छन्। विजेताले करिब ३२ करोड प्राप्त गर्दा उपविजेताले करिब १६ करोड बराबर प्राप्त गर्ने छ। यो पटक सेमिफाइनल हार्ने दुई टिमले समान ८-८ करोड नेपाली रुपैयाँ बराबर प्राप्त गर्ने छन्।
त्यस्तै पाँचौँ र छैटौं थानमा रहने टिमले करिब ५ करोड प्राप्त गर्दा सातौं र आठौं स्थानमा रहने टिमले करिब २ करोड रकम प्राप्त गर्ने छन्।


विश्व खबर 


















