images
images
  • क्यानले माग्यो मुख्य प्रशिक्षकको आवेदन, यस्ता छन् योग्यता

    नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षको आवेदन खुलाएको छ।

    योग्यता पुगेका इच्छुकले फेब्रुअरी २८ भित्र आवेदन दिन पाउने क्यानले उल्लेख गरेको छ।

    क्यानका अनुसार ईसीबीरसीए लेभल ३ वा सोबराबरको कोर्स पूरा गरेको र आईसीसीको पूर्ण सदस्य वा  फर्स्ट क्लास टिम वा आईसीसी एसोसियट सदस्य राष्ट्रको व्यावसायिक क्रिकेटमा कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव भएकोले आवेदन दिन सक्ने क्यानले जनाएको छ।

    विशेषगरी नेपाली क्रिकेट र यसको संरचना तथा एसोसियट क्रिकेट बारे राम्रो बुझेकालाई प्राथमिकता दिइने क्यानले जनाएको छ।

    476901763 2077779726037420 7140690958321364248 n K9TjQZC6d0

    प्रतिक्रिया दिनुहोस्
    images
    images