images
images
  • वेष्टह्यामको आत्मघाती गोलमा चेल्सी विजयी

    काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई २–१ ले हराएको हो।

    चेल्सीको जितमा पेड्रो नाटोले एक गोल गरे भने वेस्ट ह्यामका वान बिसाखाले आत्मघाति गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिन लागेको अवस्थामा वेस्टह्यामले गोल गर्‍यो। चेल्सीको कोलविलले दिएको ब्याकपास खोसेर बोवेनले गोल गरेका थिए। यससँगै पाहुना टोली पहिलो हाफमा एक शून्य गोलले अघि रह्यो।

    दोस्रो हाफको ६४औं मिनेटमा चेल्सी गोल गर्न सफल भयो। ५२औं मिनेटमा मैदान प्रवेश गरेका पेड्रो नाटोले रिबाउन्ड बलमा गोल गरेका थिए।

    खेलको ७४औं मिनेटमा वेस्टह्यामका वान बिसाखाले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सी २–१ ले विजयी भयो।

    जितपछि चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ। २४ खेल खेलेको चेल्सीको ४३ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुल ५६ अंकसहित तालिकाको शीर्षमा कायम छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images