images
images
  • प्रमुख प्रतिपक्षीका हैसियतले देश र जनताको नाममा सदनमा सशक्त आवाज उठाउँछु : प्रचण्ड

    सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् ।

    बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप समेत लगाए ।

    विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ । ‘ओलीजीले अध्यादेशबाटै शासन गर्न खोजेपछि हामी विपक्षीहरूले अभिलम्ब सदन नबोलाए विशेष अधिवेशन बोलाउँछौं भनेपछि सरकारले १८ गते अधिवेशन राख्ने भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी सदनमा सरकारका गलत कामप्रति जोडतोड प्रस्तुत हुन्छौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देश र जनताको नाममा मैले अपिल गर्छु ।’

    अहिलेको सरकारले भ्रष्ट्राचारी र आफ्ना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उनले भने ।

    संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको पनि प्रचण्डले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images