images
images
  • गैँडाको आक्रमणबाट मृत्यु

    काठमाडौं : गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ।

    भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो। ६ दिनअघि गैँडाको आक्रमणमा परी घाइते उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

    उनलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images