images
images
  • अब पुराणवाचकलाई पनि प्रमाणपत्र, परीक्षा उत्तीर्ण हुनैपर्ने

    काठमाडौं : पुराणका कथावाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाणपत्र दिने गरी व्यवस्था गर्न लागिएको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्तरूपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन्।

    पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रूपमा अँगाल्ने, अशास्त्रीय कार्यलाई पनि शास्त्र हो भन्ने क्रम बढेकाले कथावाचकलाई प्रमाण पत्र दिने व्यवस्था गर्न लागेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए।

    यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्नेछ। २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ।

    समितिलाई सघाउन धर्म, संस्कृतिका क्षेत्रमा खुलेका धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्थाले सहयोग गर्ने उपाध्यायले सुनाए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images