images
images
  • आजको मौसम : काठमाडौं तथा तराईमा हुस्सु र कुहिरो

    काठमाडौं : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी तराई र लुम्बिनीको पूर्वी तराईका केही भागमा हुस्सु तथा कुहिरो लागेको छ ।

    काठमाडौं उपत्यकाका केही स्थानमा समेत हुस्सु र कुहिरोको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    हाल देशमा पश्चिमी वायुको प्रभाव छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images