images
images
  • पर्सामा झण्डै दुई क्विन्टल गाँजा बरामद, ट्रक र चालक पनि नियन्त्रणमा

    प्रहरीले पर्सामा झण्डै दुई क्विन्टल लागूऔषध गाँजा बरामद गरेको छ । करिब १९५ किलोग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले स्रोतले जानकारी दियो । प्रहरीका अनुसार मकवानपुर घर भएका ट्रक चालक पनि नियन्त्रणमा छन् ।

    ‘झण्डै १९५ किलो जाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएका छौं । अहिले भेरिफिकेसनको काम भइरहेको छ । विस्तृत केहीबेरपछि उपलब्ध गराउँछौं’, पर्सा प्रहरीका एक अधिकृतले भने ।

    वीरगञ्ज महानगरपालिका क्षेत्रबाट उक्त गाँजा बरामद गरिएको हो । गाँजा भारततर्फ लैजान लागिएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । यसक्रममा उक्त गाँजा र टक्र नियन्त्रणमा लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images