images
images
  • आइसीएफसी फाइनान्सको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मत

    काठमाडौं – आइसीएफसी फाइनान्स कम्पनीको अध्यक्षमा सुशीलकुमार अर्याल चयन भएका छन् ।

    माघ २ गते बसेको कम्पनी संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

    गत सोमबार सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अर्यालसहित तीन संचालक निर्विरोध चयन भएका थिए । उनीसँगै रचना अधिकारी र अच्युतराज आचार्य पनि संचालकमा चयन भएका छन् । उनीहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images