images
images
  • स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

    मकवानपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

    मकवानपुरको मनहरी गाउँपालिका–६ नँयाबस्ति स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसको ठक्करबाट बालिकाको मृत्यु भएको हो।

    सो बसले मनहरी गाउँपालिका–६ नँयाबस्ती बस्ने खडक बहादुर थिङको छोरी पुजा थिङलाई ठक्कर दिएको थियो।

    उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    डीएसपी अर्यालका अनुसार बस चालक मनहरी–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images