images
images
  • अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ।

    स्थानीय समयानुसार बिहीबार बिहान ७:३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।

    फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो।

    केही दिनयता हिमआँधीका कारण भर्जिनियासहित अमेरिकाका विभिन्न राज्यमा भारी हिमपात हुँदा जनजीवन कष्टकर छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images