images
images
  • कस्तो होला अबको ३ दिन देशभरको मौसम?

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

    देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

    Screenshot 2025 01 10 062125 aHaR67MvOw

    प्रतिक्रिया दिनुहोस्
    images
    images