images
images
  • दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमो पात्लेखेतमा तोडफोड, ९ जना पक्राउ

    खोटाङ : दिक्तेलबाट काठमाडौं जाँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ।

    बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्।

    घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

    गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images