स्याङ्जा । स्याङ्जा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका ४ निवासी ५१ वर्षिय मन बहादुर थापाको आँधिखोला तर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको हो ।
आँधिखोलास्थित ठूलो फुलबारी तर्फबाट गाईनेघाट हुदै लामागे तर्फ जाँदै गर्दा आँधिखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको आँघिखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।
मृतक थापा नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ का सह–सभापति कुलबहादुर थापाका छोरा हुन् ।
थापाको शब पोष्टमार्टमका लागि स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























