images
images
  • प्रचण्डले विषाक्तपूर्ण राजनीति गरे, संसद्को अंक गणित परिवर्तन गर्न ताजा जनादेश: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभा अन्‍तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं तराई द्रुतमार्ग निर्माणको दोस्रो प्याकेजको प्री-क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका छन्।

    शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनीतिक महत्वका सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँले संसदीय समितिहरूले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निर्क्योल नहुँदै काम रोक्न निर्देशन दियो।’ विकास निर्माणका काममा अवरोध हुँदा त्यसले बहुआयामिक क्षति पुर्‍याउने उनले बताए।

    उनले भने, ‘हामीले एउटा काम रोक्ने आदेश दियौँ भने त्यसले के के ठाउँमा र कति समय असर पार्दछरु त्यसले कार्यसम्पादन गर्ने समयलाई कति पर धकेल्छरु त्यो काम सम्पन्न हुन कति पछि मात्र सम्भव छरु त्यसको प्रत्यक्ष आर्थिक क्षति र विकासमा पार्ने प्रतिकूल असर, यो सबै कुराहरूलाई हामीले ध्यान दिनुपर्छ।’

    संसदीय समितिले अन्धाधुन्ध ढंगले एउटाले पनि बोलाएको छानविन गरेको आरोप लगाए। आफ्ना क्षेत्राधिकार र आफ्ना कामको असरलाई पनि हामीले गम्भीरतापूर्वक ध्यान दिनपर्ने बताए। ​‘संसदीय समितिले सडक नबनाऊ पुल नबनाऊ भनेर आदेश त दिन्छौँ तर त्यसको असर अर्थतन्त्रमा के हुन्छरु अनियमितता भएको छ भन्ने लाग्छ भने समितिलाई, सम्बन्धित ठाउँलाई यसलाई हेर्नु भनेर लेखिदिए हुन्छ तर काम रोक्ने कुरा अर्बौंको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर र परिणाम हेर्नुपर्छ’ उनले भने।

    ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ?’

    समर्थन फिर्ता गर राजीनामा आउँछ

    प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन्। राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गरे।

    उनले भने, ‘राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैन। प्रधानमन्त्रीको राजीनामा मागियो भनेर। आज माग्या हो र प्रधानमन्त्रीको राजीनामारु माग्या माग्यै छ त। मागेपिच्छे म कसरी दिन सक्छुरु एकदिन एउटा राजीनामा हुन्छ। एउटाले मात्र माग्दैन, एक दिन माग्दैन। मागेको मागेकै छ। हटाउन न त। समर्थन फिर्ता लिइदेऊ भन्छु त्यो पनि लिँदैन। अनि राजीनामा माग्छ। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

    संसदीय अंकगणित

    प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गरे। संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिर्वतन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने दाबी गरे।

    देश र जनताको आवश्यकताका लागि संसदको अंकगणित परिवर्तन गर्नुपर्ने भएकाले आफूले संसद विघटन गरेको पनि उनले स्पष्ट पारे। ‘संसद् यस्तै हो। कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ। कहिले कृत्रिम ढंगले केही मान्छेहरूले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सारिदिन्छन्। मिलाइदिन्छन्। संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिदैन’ उनले भने, ‘त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भइरहेको छ र अनुपयुक्त आकार लिइरहेको अवस्थामा संसदीय अंकगणित देशको आवश्यकता, जनताको आवश्यकता र अनुकूलतामा लागि ताजा जनादेशमा जानुपर्छ। पोलिटिक्स त्यो हो।’

    प्रधानमन्त्री ओलीले कसैको स्वार्थ निर्देशित नभएर देश, जनता र विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरूमा निर्माण हुनुपर्ने बताए। ‘खासगरी संसदमा, जो सरकार बनाउने, संविधान संशोधन गर्न सक्ने, कानुन निर्माण र परिवर्तन गर्न सक्ने थलो हो। त्यस थलोलाई देशको आवश्यकताअनुसारको अंकगणितीय बनावटमा लैजानुपर्छ’ उनले भने, ‘यदि व्यवस्थापन भएन र विभिन्न तत्व र व्यक्तिका स्वार्थहरूको खेलबाट अंकगणित आवश्यकताविपरीत गयो भने ताजा जनादेशमा जानुपर्छ। हामीले गरेको विघटन त्यही गर्नका लागि हो।’

    के हो तानाशाही भनेको ?

    प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन चाहनेहरूले नै अहिले फाँसीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्धमा जनतालाई भड्काउने काम गरेको दाबी गरे। शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्धमा जनतालाई भड्काउने काम गरेकाहरू नै अहिले फाँसीवाद आयो भन्दै सरकारको विरोधमा पुनस् जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी पनि ओलीले गरे।

    उनले भने, ‘के हो तानाशाही भनेकोरु फाँसीवाद भनेको शब्द बुझेर बोलेको हो कि नबुझी बोलेको होरु के हो फाँसीवाद भनेकोरु जसले फाँसीवाद भनेको छ अहिले त्यही मान्छेले फाँसीवाद ल्याउन खोजेका थिए। संविधानले शान्तिपूर्ण परिवर्तनको बाटो दिएपछि पनि जनताको अभिमत, जनताका बीचमा जाने कानुनी र प्रणालीगत व्यवस्था खुल्ला भएपछि पनि जनतालाई भड्काएर,उचालेर लोकतन्त्रका विरुद्ध केही गर्नुपर्ने आवश्यकताको नेतृत्व जो मान्छेले गर्छ।’

    विषाक्तपूर्ण राजनीति

    प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै विषाक्तपूर्ण राजनीति गरेको दाबी गरे। नेपाली उखान उदृत गर्दै सरकारले गरेका राम्रा काम नदेखेको भन्दै व्यंग्य गरे।

    ‘लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् नि दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले कानमा। आँखा छ तर आँखा भएर के गर्नेरु देख्न नखोजेपछि। केही पनि भएको देख्दैन। सिन्को भाँचिएको देख्दैनन् केही मान्छेहरू। र, अत्यन्तै विषाक्त राजनीति’ उनले भने, ‘समाजलाई विषाक्त बनाउने अनि भाँड्ने प्रयास केही मान्छेहरूले गरिराखेका छन्। यहाँ त फाँसीवाद आइसक्यो। अधिनायकवाद, यहाँ तानाशाही आइसक्यो। यस्तो केही मान्छेहरू गर्छन्।’

    समयमै काम सम्पन्‍न हुने विश्वास

    मुलुकभरका १ सय ६५ वटा सडक निर्माण वहुवर्षीय आयोजनाअन्‍तर्गत ३ वर्षमा सक्ने गरी ५७ अर्ब १० करोड रुपैयाँ बजेटको व्यवस्थापन गरिएको जानकारी दिँदै समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। ​

    कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको ३ वर्षे अवधिमा ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे सडक निर्माण र स्तरोन्नतिको काम भएको , ग्राभेल सडक ३ हजार ३ सय किलोमिटर, १ हजार ६ सय ८६ किलोमिटर माटे सडक र ट्रयाक निर्माणको काम भएको फेहरिस्त पनि राखे। त्यसैगरी, ६ सय २८ वटा पक्की पुल निर्माण भएको जानकारी दिए। वातावरण मूल्यांकनलगायत विभिन्न प्रक्रियागत कार्यको नाममा विकास निर्माणका काममा अनावश्यक रूपमा अल्झन सृजना नगर्नतर्फ पनि सबैलाई सचेत गराए।

    ‘हाम्रा कार्यक्रमहरू प्राय समयमा सम्पन्न नहुने गरेको छ। त्यस प्रवृतिको अन्त्य गर्नुपर्छ। कार्यसम्पादन क्षमतामा पनि वृद्धि गर्नुपर्दछ। समयमै र गुणस्तरीयतामा कुनै सम्झौता हुन सक्तैन। सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छु कि काममा डिस्टर्व नगरौँ’ उनले भने।

    ५७ अर्ब १० करोडको लागतमा बनाउन लागिएको १ सय ६५ सडकखण्ड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    १६५ सडक सञ्‍जाल निर्माणको शुभारम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन्। ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाटै १६५ वटा निर्वाचन क्षेत्रमा सडकको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गरेका हुन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास भएको बताइएको छ।

    प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images