images
images
  • दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृतकको संख्या ४७ पुग्यो

    दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

    दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो।

    बैंककबाट फर्किएको जेजु एयरको उडान मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको हो।

    यो दुर्घटना स्थानीय समयअनुसार आइतबार बिहान ९:०७ बजे भएको हो। विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु थिए।

    दुई थाई नागरिक बाहेक अधिकांश यात्रु कोरियाली थिए। दुर्घटनाका क्रममा विमानमा आगो लागेको थियो।

    अधिकारीहरूले ४३ मिनेटमा आगो निभाइएको बताएका छन्।

    https://bishwokhabar-com.stackstaging.com/archives/117395

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images