images
images
  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, अर्थमन्त्रीहुँदै दुईपटक बनेका थिए प्रधानमन्त्री

    काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

    बिहीबार दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा भर्ना भएका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।

    सिंह भारतीय कांग्रेस (कांग्रेस आई)बाट २ पटक भारतको प्रधानमन्त्री बनेका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुँदा भारतले ठूलो आर्थिक बृद्धि  हासिल गरेको थियो ।

    राजनीतिक विरासत नभएपनि उनको अर्थतन्त्रको विज्ञता देखेर कांग्रेस सरकारले उनलाई पहिला अर्थमन्त्री बनाएको थियो । उनको अर्थमन्त्री कालमा धेरै राम्रो प्रगति हासिल गरेपछि कांग्रेसले उनैलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो ।

    सिंहको दुई कार्यकालपछि भारतमा कांग्रेस आईले सरकार बनाउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images