भाेजपुर- भोजपुरमा भीरबाट स्कार्पिओ खस्दा एक जनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
भोजपुर नगरपालिका-५ बोखिमको डाडाँटोल मा बिहीबार बिहान प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कार्पिओ भीरबाट खसेको हो।
दुर्घटनामाझापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्























