images
images
  • ऊर्जामन्त्रीले अवैधानिक रुपमा गठन गरेको समितिलाई विद्युत प्राधिकरणले तथ्यांक नै दिएन

    काठमाडाैं-ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रक्रिया मिचेर डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटरको अध्ययन समिति बनाएका थिए। अरविन्दकुमार मिश्रको संयोजकत्वमा रहेको समितिमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारी रामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले छन्। तर ऊर्जामन्त्री खड्काको समिति नेपाल विद्युत् प्राधिकरणले चिनेको छैन।

    विद्युत् नियमन आयोगमार्फत गठन हुनुपर्ने समिति मन्त्रालयबाट बनेकाले अवैध भनेको प्राधिकरणले तथ्यांक दिन अस्वीकार गरेको छ।

    ऊर्जा मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र नै काटे पनि प्राधिकरणले अवैध समितिलाई तथ्यांक उपलब्ध नगराउने जनाएको छ।

    ऊर्जामन्त्री खड्काले गत कात्तिकमा मिश्र संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिलाई विद्युत् महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटरसमेतका आधारमा प्रतिवेदन पेस गर्न जिम्मेवारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images