धनगढी- कैलालीको भजनी नगरपालिका-१ गौनहियामा बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट भएको छ। कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
२८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने स्थानीय २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी पक्राउ परेका हुन्।
महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए।
किटानी जाहेरी दिइएका मध्ये दुई जना अझै फरार छन्। पुस ४ गते कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्























