images
images
  • स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

    स्याङ्जा- ट्याक्टर पल्टिँदा स्याङ्जा एक जनाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्।

    कालीगण्डकी गाउँपालिका(३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा बाराको गढीमाई नगरपालिका(११ घर भएका २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको हो।

    सिरक–डसना बनाउने टली जोडिएको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए।

    दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन्।

    घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए। उनीहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images