काठमाडौं- भक्तपुरको बालकोटमा बाबुछोराको हत्या घटनापछि फरार रहेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
उनी बुवा कुलप्रसाद आचार्य र भाइ प्रवीणको हत्या आरोपी हुन्। मिलन मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उपस्थित भएका हुन्। मिलनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेका छन् ।
खोटाङ घर भएका कुलप्रसाद र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका थिए। मिलन भने आइतबार बिहान ३ बजे उनी स्कुटरमा डेराबाट निस्किएका थिए। सोमबार बिहान बाहिरबाट ताला लगाएको अवस्थामा भित्र छुट्टाछुट्टै कोठाभित्र उनीहरूको शव फेला परेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीमाथि सोधपुछ गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्























